काठमाडौं । काठमाडौँको बलम्बुस्थित सशस्त्र प्रहरी बलको केन्द्रीय स्टोरमा आगलागी भएको छ । आगलागीबाट सशस्त्रको बन्दोबस्तीका सामान जलेको छ ।
आगो निभाउने प्रयास भइरहेको प्रहरी वृत थानकोटका डीएसपी सुर्य सुवेदीले बताए । एपीएफ अस्पतालसँगै रहेको बहुउद्देश्यीय भवनको केन्द्रीय स्टोरमा लत्ताकपडा र बुट लगायका बन्दोबस्तीका सामान स्टोर गरिएको हुन्छ ।