काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन भएको छ। उक्त पार्टीका वरिष्ठ उपाध्यक्ष अशोक राईसहित सात जना सांसदले निर्वाचन आयोगमा दिएको निवेदन दर्ता भएको छ ।

राईसहित सांसदहरू नवलकिशोर साह सुड्डी, वीरेन्द्रप्रसाद महतो, प्रदीप यादव, हसीना खान सुशीला श्रेष्ठ, र रञ्जी झाले निवेदन दिएका हुन्। साह संघीय सरकारमा वन तथा वातावरण मन्त्री समेत रहेका छन् ।

जसपा नेपालसँग १२ संघीय सांसद छन् ।