काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपाल विभाजन हुने भएको छ । वरिष्ठ नेता अशोक राईको नेतृत्वमा नयाँ दल गठन हुने भएको हो ।
नयाँ दल आजै निर्वाचन आयोगमा दर्ता गर्ने तयारी गरिएको छ । नयाँ दलको नाममा नेपाल हटाएर जसपा मात्र राखिएको छ। विभाजनको पक्षमा ८ जना सांसद उभिएको स्रोतको दाबी छ । अशोक राई, प्रदीप यादव, सुशीला श्रेष्ठलगायत सात जनाले हस्ताक्षर समेत गरिसकेका छन्।
जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव हाल अमेरिकाको भ्रमणमा रहेका पार्टी विभाजन हुन लागेपछि उनी आज राति नेपाल फर्कने कार्यतालिका रहेको छ ।


