share 301 काठमाडौं । नेकपा एकीकृत समाजवादीले वैशाख २८ गतेबाट सुरु हुने वर्षे अधिवेशनमा पार्टीका सांसदहरूले प्रभावकारी भूमिका निर्वाह गर्ने निर्णय गरेको छ । सोमबार बसेको उक्त पार्टीको संसदीय दलको बैठकले बजेट अधिवेशनमा पार्टीको भूमिका संसद्मा प्रभावकारी बनाउने निर्णय गरेको बताए । बैठकले संसद् बैठकमा जनसरोकारका विषय सशक्त ढङ्गले उठान गर्दै कानुन निर्माण प्रक्रियामा सशक्त भूमिका निर्वाह गर्ने निर्णय समेत गरेको छ । त्यस्तै एकीकृत समाजवादीले जसपा विभाजनपछि एकीकृत समाजवादी पार्टी फुटको हल्ला निराधार रहेको र सबै सांसदहरू कतै नगएको भन्दै पार्टी एक ढिक्का भएको ठहर गरेको छ । पोस्टको नेभिगेसन नेकपा (एकीकृत समाजवादी) को संसदीय दलको बैठक बस्दै अशोक राईको नेतृत्वमा बनेको नयाँ दल जसपालाई निर्वाचन आयोगले दियो मान्यता