share 290 काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीले ४६.६ प्रतिशत सांसद आफ्नो पक्षमा रहेको दाबी गरेको छ । जसपा नेपाल नेतृत्वको अक्षमताका कारण सङ्गै बस्न नसकेको दाबी गर्दै जनता समाजवादी पार्टीका महासचिव इस्तियाक राईले पार्टीमा उपेन्द्र यादवले कसैको अस्तित्व स्वीकार नगरेको आरोप लगाए । बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष राईले पार्टी फुट्नु रहर नभई बाध्यता भएको बताए । अन्याय धेरै दिनसम्म सहन नसकेर अलग भएको उनको भनाइ थियो । उनले निर्वाचन आयोगजस्तो संस्थाले सबै अध्ययन गरेर आफ्नो दल दर्ता गरेको पनि बताए । ‘यदि चित्त बुझेको छैन भने अदालतको ढोका खुला छ’, उनको भनाइ थियो । पोस्टको नेभिगेसन क्रान्तिकारी कम्युनिस्ट पार्टीको स्थायी समिति बैठक बिहिवारदेखि सुरु हुने मिसन ८४ लाई हामीले समाजवादी संघर्षको माेर्चाका रूपमा लिएका छाैँ : विप्लव