facebook sharing button
twitter sharing button
messenger sharing button

काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेको छ । उनले बिहीबार कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले जानकारी दिए ।

नेपाल आइडल सिजन-२ का विजेता समेत रहेका ओड कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बासिन्दा हुन्। उनीविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० गते प्रहरीमा उजुरी दिएकी थिइन् ।

श्रीमतीको उजुरीपछि प्रहरीले जिल्ला अदालतबाट गायक ओडविरुद्ध पक्राउ पूर्जी समेत जारी गरेको थियो । आत्मसमर्पण गरेका ओडलाई जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।