share 274 काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेको छ । उनले बिहीबार कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले जानकारी दिए । नेपाल आइडल सिजन-२ का विजेता समेत रहेका ओड कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बासिन्दा हुन्। उनीविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० गते प्रहरीमा उजुरी दिएकी थिइन् । श्रीमतीको उजुरीपछि प्रहरीले जिल्ला अदालतबाट गायक ओडविरुद्ध पक्राउ पूर्जी समेत जारी गरेको थियो । आत्मसमर्पण गरेका ओडलाई जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए । पोस्टको नेभिगेसन संसदीय छानबिन समिति नबनेसम्म संसद चल्न दिँदैनौँ : विमलेन्द्र निधि संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक बन्यो : कांग्रेस
काठमाडौं । वैवाहिक बलात्कारको आरोप लागेका गायक रवि ओडले प्रहरीसमक्ष आत्मसमर्पण गरेको छ । उनले बिहीबार कञ्चनपुरको झलारीस्थित इलाका प्रहरी कार्यालयमा आफैं उपस्थित भएको जिल्ला प्रहरी कार्यालयका डिएसपी उमेश जोशीले जानकारी दिए । नेपाल आइडल सिजन-२ का विजेता समेत रहेका ओड कञ्चनपुरको कृष्णपुर नगरपालिकाका बासिन्दा हुन्। उनीविरुद्ध वैवाहिक बलात्कार र अप्राकृतिक मैथुनको आरोप लगाउँदै उनकी श्रीमतीले गत चैत २० गते प्रहरीमा उजुरी दिएकी थिइन् । श्रीमतीको उजुरीपछि प्रहरीले जिल्ला अदालतबाट गायक ओडविरुद्ध पक्राउ पूर्जी समेत जारी गरेको थियो । आत्मसमर्पण गरेका ओडलाई जिल्ला अदालत कञ्चनपुरबाट पाँच दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको डीएसपी जोशीले जानकारी दिए ।