share 291 काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ र नेपाली कांग्रेसका शीर्ष नेताहरूबिचको छलफल सकिएको छ । आइतबार बिहान प्रधानमन्त्री निवास बालुवाटारमा भएको छलफलमा प्रधानमन्त्री प्रचण्ड संसदको अवरोध खुलाउन सकारात्मक देखिएको कांग्रेस नेताहरूले बताएका छन् । छलफलपछि कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले आफूहरूले पूर्ववत अडान राखेको र त्यसमा प्रधानमन्त्री सकारात्मक समेत भएको बताए । उनी भन्छन्, ‘हामीले हाम्रो अडान राख्यौँ, प्रधानमन्त्री त्यसमा सकारात्मक देखिनुभएको छ ।’ संसद् खुलाउने कि नखुलाउने भन्ने विषय सरकार र सत्तापक्षमा भरपर्ने उनको भनाई रहेको छ । नेपाली कांग्रेसले सहकारी ठगी प्रकरणमा संसदीय समिति गठन नगरेसम्म संसद अवरोध जारी राख्ने समेत जनाएको छ । सो छलफलमा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, महामन्त्री गगन थापा, राष्ट्रिय सभा संसदीय दलका नेता कृष्ण प्रसाद सिटौला र प्रमुख सचेतक रमेश लेखक सहभागी रहेका थिए । पोस्टको नेभिगेसन वैवाहिक बलात्कारको आरोपित गायक रवि ओडले गरे आत्मसमर्पण आफ्नै रेकर्डलाई तोड्दै २९औँ पटक सगरमाथाकाे चुचुरोमा कामीरिता