share 252 काठमाडौं । कीर्तिमानी आरोही कामीरिता शेर्पाले आफ्नै रेकर्डलाई तोड्दै २९औँ पटक सफलतापूर्वक सगरमाथा आरोहण गरेको छ । कामीरिताले आज बिहान ७ः२५ बजे सगरमाथाको २९औँ पटक सफल आरोहण गरेको हो । वि. सं. २०२६ सालमा सोलुखुम्बुको थामेमा जन्मिएको कामीरिताले सन् १९९२ बाट हिमाल आरोहण गर्न थालेको हो। कामीमरिताले सगरमाथासँगै विश्वकै दोस्रो अग्लो हिमाल के टू, चोयू, ल्होत्से र मकालुलगायत हिमाल आरोहण गरिसकेको छ । उनले सन् २०२३ मा २८ र २७ औँ पटक सगरमाथाको सफल आरोहण गरेको थियो । त्यसअघि सन् २०२२ को वसन्त आरोहणमा रोप फिक्सिङका क्रममा २६औँ पटक सगरमाथाको आरोहण गरेका थियो । सन् १९९४ मे १३ मा पहिलो पटक सगरमाथाको चुचुरोमा पुगेका कामीरिताको नाममा आठ हजार मिटर अग्ला शिखरमा सबैभन्दा बढी आरोहण गरेको कीर्तिमान समेत छ । पोस्टको नेभिगेसन संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक बन्यो : कांग्रेस जिबी राईलाई प्रधानमन्त्रीले भगायो भन्ने बेतुकका कुतर्क कुरा हुन्: प्रचण्ड