काठमाडौं । सुर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु राईको राहदानी रद्द गर्न कास्की प्रहरीले पत्राचार गरेका छन् । जिल्ला प्रहरी कार्यालय कास्कीले राईको राहदानी रद्द गर्न राहदानी विभागलाई पत्राचार गरेका हुन् ।
जीबी राईको नाममा जारी राहदानी रद्द गर्न राहदानी विभागलाई पत्राचार गरिएको जिल्ला प्रहरी कार्यालय कास्कीका एकजना अधिकृतले बताए । उनीविरुद्ध अन्तर्राष्ट्रिय प्रहरी संगठन ‘इन्टरपोल’ बाट डिफ्युजन र रेड नोटिश जारी भएको छ । गत माघ १३ गते उनीविरुद्ध डिफ्युजन नोटिश जारी भएको थियो ।
सरकारले उनलाई पक्राउ गरेर पठाइदिन मलेसियन सरकारलाई कूटनीतिक नोट पनि पठाएको थियो ।