share 210 काठमाडौं । अशोक राई नेतृत्वको जनता समाजवादी पार्टी (जसपा) सरकारमा सहभागी भए छ । सोमबार राष्ट्रपति कार्यालय शीतल निवासमा जसपाबाट सरकारमा सहभागी भएका एक मन्त्री र एक राज्यमन्त्रीले शपथ लिएको हो । जसपाबाट मन्त्री बनेका प्रदीप यादवलाई राष्ट्रपति रामचन्द्र पौडेलले र राज्यमन्त्री बनेकी हसिना खानलाई प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले शपथ गराएको हो । यादवले स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको जिम्मेवारी पाएको छ, त्यसैगरी खानले स्वास्थ्य तथा जनसङ्ख्या राज्यमन्त्रीको जिम्मेवारी पाएकी छिन् । उपेन्द्र यादव नेतृत्वको जसपा नेपाल सरकारबाट बाहिरिएपछि अशोक राई नेतृत्वको नवगठित जसपा सरकारमा सहभागी भएको हो । पोस्टको नेभिगेसन प्रचण्ड सरकारबाट बाहिरिदै जसपा नेपालले लिए समर्थन फिर्ता जीबी राईको राहदानी रद्द गर्न राहदानी विभागलाई कास्की प्रहरीले पठायो पत्र