काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले जेठ ७ गते विश्वासको मत लिने भएको छ । चौथो पटक विश्वासको मत लिनेबारे प्रधानमन्त्रीले सभामुख देवराज घिमिरेलाई बिहीबार साँझ जानकारी गराएको सभामुखको प्रेस विज्ञ शेखर अधिकारीले जानकारी दिए ।

जनता समाजवादी पार्टी नेपाल सरकारबाट बाहिरिँदै समर्थन फिर्ता लिएपछि प्रधानमन्त्री प्रचण्डले विश्वासको मत लिन लागेको हो । सत्ता साझेदार दलले समर्थन फिर्ता लिएको अवस्थामा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक प्रावधान छ ।

विश्वासको मत लिने भएसँगै प्रधानमन्त्री प्रचण्डले लोसपा लगायतका साना दलहरूसँग विश्वासको मत माग्दै आएका छन् । सम्भव भएसम्म साना दललाई पनि सरकारमा समेटेर अघि बढ्ने प्रचण्डको तयारी रहेको छ ।