विराटनगर । कोशी प्रदेशमा मन्त्रीमण्डल बिस्तार गरेको छ । शुक्रबार नवनियुक्त मन्त्रीहरुलाई प्रदेश प्रमुख प्रशुराम खापुङले पद तथा गोपनीयताको शपथ खुवाएको हो ।
शुक्रबार नै मुख्यमन्त्री हिक्मतकुमार कार्कीले मन्त्रीमण्डल विस्तार गरेको थियो । विस्तारित मन्त्रीमण्डलमा आर्थिक मामिला तथा योजना मन्त्रालयमा रामबहादुर मगर, भौतिक पूर्वाधार विकास मन्त्रालयमा गणेश उप्रेती, आन्तरिक मामिला तथा कानुन मन्त्रालयमा लिलाबल्लभ अधिकारी, स्वास्थ्य मन्त्रालयमा राजेन्द्र कार्की, खानेपानी, सिँचाइ तथा ऊर्जा मन्त्रालयमा एकराज कार्की र सामाजिक विकास मन्त्रालयको जिम्मेवारी पाँचकर्ण राईले पाएका छन् । पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी नारायण बुर्जामगरले पाएको छ । उद्योग, कृषि तथा सहकारी मन्त्रालय मुख्यमन्त्री आफैँले राखेको छ । राज्यमन्त्री सिर्जना राई र वन्दना झाँगडले पनि पद तथा गोपनीयताको शपथ लिएका छन् । राईलाई मुख्यमन्त्री कार्यालय र झाँगडलाई पर्यटन, वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
मन्त्रीमण्डल विस्तारसँगै कोशी सरकारमा १० सदस्यीय मन्त्रीमण्डल बनेको छ ।