काठमाडौं । बागमती प्रदेशमा मन्त्रालयको सङ्ख्या बढाएर विना विभागीय मन्त्री रमा आलेमगरको जिम्मेवारी तोकिने भएको छ । प्रदेशमा रहेको १२ मन्त्रालयलाई १३ मन्त्रालय बनाउने गरि बुधबार साँझ बस्ने मन्त्रीपरिषद् बैठकले मन्त्री आले मगरको विभागीय जिम्मेवारी तोक्न लागेको हो ।
मन्त्रालय विभाजन गरेर मन्त्रीपरिषद् बैठकले मगरलाई जिम्मेवारी तोक्ने एक मन्त्रीले पुष्टि गरे । मन्त्री आलेमगरलाई सामाजिक विकास मन्त्रालय विभाजन गरी युवा तथा खेलकुद मन्त्रालयको जिम्मेवारी तोक्ने तयारी गरिएको जनाएको छ । युवा तथा खेलकुद मन्त्रालय बनेपछि बागमती प्रदेशमा १३ मन्त्रालय हुनेछ । मन्त्री आलेमगरले जिम्मेवारी तोक्ने बारेमा जानकारी आएको बताइन् ।
संसदीय समितिको सभापति चयनमा निर्वाचन हुने अवस्था देखिएपछि मुख्यमन्त्री शालिकराम जम्कट्टेले मन्त्री आले मगरलाई जिम्मेवारी तोकेको हो । संसदीय समिति निर्वाचनमा मन्त्री व्यवस्थापनले समस्या देखिने भएपछि मन्त्री आलेमगरको जिम्मेवारी तोक्ने तयारी गरिएको हो ।

_gfXARAhvgu.gif)