काठमाडौं । कार्यक्रमको सिलसिलामा सिन्धुली पुगेका बागमती प्रदेशका मुख्यमन्त्री शालिकराम जम्कट्टेल बिरामी भएका छन् । उनलाई श्वासप्रश्वाससम्बन्धी समस्या देखिएको बताइएको छ ।
मुख्यमन्त्री जम्कट्टेलको स्वास्थ्य गम्भीर देखिएपछि काठमाडौं ल्याउन सेनाको हेलिकोप्टर पठाइएको गृह मन्त्रालयका प्रवक्ता नारायणप्रसाद भट्टराईले जानकारी दिए । उनको प्रेसर पनि लो रहेको बताइएको छ ।
सेनाको हेलिकोप्टरले उनलाई काठमाडौं ल्याएर नर्भिक अस्पतालमा उपचार गर्ने तयारी भइरहेको छ । त्यसअघि उनको स्थानीय अस्पतालमा प्राथमिक उपचार भइरहेको जनाइएको छ । मुख्यमन्त्री जम्कट्टेल खानेपानी आयोजना उद्घाटनका लागि सिन्धुली हुँदै रामेछाप जाँदै थिए ।