काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ कोटेश्वरस्थित पेरिसडाँडा पुगेको छ । सदन खुलाउने विषयमा कांग्रेस नेताहरूसँग छलफल गरेर गरेर प्रधानमन्त्री पेरिसडाँडा पुगेको हो ।

 पार्टी केन्द्रीय कार्यलय पेरिसडाँडामा उनले आज विभिन्न पुस्तक विमोचन गर्ने कार्यक्रम रहेको छ । प्रधानमन्त्रीको सचिवालयका अनुसार आज शनिबार पारेर दुई-तीनवटा पुस्तक विमोचन गर्न लागेको हो ।

यसपछि प्रधानमन्त्रीले सत्ता गठबन्धन दलसँग छलफल गर्ने र आवश्यक परे पुनः कांग्रेससँग पनि सदन खुलाउन छलफल गर्ने कार्यक्रम समेत रहेको जनाएको छ ।