काठमाडौं । नेकपा (एकीकृत समाजवादी) ले सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गर्न सरकारसँग माग गरेका छन् ।  बुधवार सम्पन्न केन्द्रीय समिति बैठकले पारित गरेको समसामयिक प्रस्तावमा सहकारीको रकम अपचलनबारे छानबिन समिति गठन गरेर दोषीलाई कारबाही गर्न सरकारसँग माग गरेका हुन् ।

केन्द्रीय समिति बैठकका निर्णय सार्वजनिक गर्न बिहीबार आयोजित पत्रकार सम्मेलनमा पार्टी प्रचार विभाग प्रमुख जगन्नाथ खतिवडाले सहकारी छानबिन समिति गठन गर्न सरकारसँग माग गरिएको बताए । एकीकृत समाजवादीले भनेको छ, ‘कतिपय सहकारी संस्थाले अधिकारको दुरुपयोग गरी सर्वसाधारणको बचत रकम अपचलन गरेर ठुलो धनराशि दुरुपयोग गरी आर्थिक तथा वित्तीय अपराध गरेका दुःखद घटनाहरू सार्वजनिक भइरहेका छन् । यस सम्बन्धमा गृहमन्त्रीको समेत संलग्नता भएको समाचार प्रकाशित भएको छ ।’

 

एकीकृत समाजवादीको बैठकले समग्र समस्या समाधानका लागि छानबिन समिति गठन गरी दोषीमाथि कडा कारबाही गर्न पनि सरकारसँग माग गरेको छ ।