share 254 काठमाडौं । उपेन्द्र यादव नेतृत्वको जनता समाजवादी पार्टी नेपालका नेता मनिष सुमनले समाजवादी मोर्चाको औचित्य सकिएको बताएको छ । पार्टी विभाजनपछि सरकार छोडेर प्रतिपक्षको भुमिकामा रहेको सो पार्टीका नेता सुमनले मोर्चाको औचित्य सकिएको बताएको हो । नेता मनिषले भने, ‘समाजवादी मोर्चाको कुनै औचित्य छैन । यसअघि पनि औचित्य पुष्टि गर्न सकेको थिएन । हामी सहभागी हुँदैनौ। ’ जसपा नेपालका अध्यक्ष उपेन्द्र यादव विदेश भ्रमणमा रहेको बेला सङ्घीय परिषद् अध्यक्ष अशोक राई समूहले वैशाख २३ गते सो पार्टी विभाजन गरी निर्वाचन अयोगमा नयाँ दल दर्ता गराएको थियो । स्वदेश फर्किएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँग भेटेका यादवले सरकारलाई दिएको समर्थन कायमै राख्ने बताएको थियो । तर राई समूहले सकारमाथि दबाब बढाएपछि वैशाख ३१ गते यादव समूह सरकारबाट बाहिरिदौ समर्थन फिर्ता लिएको थियो । समाजवादी मोर्चामा आवद्ध जसपाले उक्त मोर्चा छोड्ने बताएपछि गठन भएको एक वर्ष नपुग्दै समाजवादी मोर्चा संकटमा फसेको छ । पोस्टको नेभिगेसन संसदीय छानबिन समिति गठनमा प्रधानमन्त्री सकारात्मक बन्यो : कांग्रेस सहकारी प्रकरणमा छानबिन समिति गठन गर्न एकीकृत समाजवादीको माग