मड्रिड । अलेक्सान्डर सोरलोथले चार गोल गरेपछि ला लिगामा च्याम्पियन रियल मड्रिड भिल्लेरियालसँग बराबरीमा रोकिएको छ । आइतबार राति रियलले पहिलो हाफको अन्त्यमा ४-१ को अग्रता बनाए पनि खेल ४-४ को बराबरीमा टुङ्गिएको हो ।
खेलको १४औँ मिनेटमा आर्डा गुलेरले रियललाई अग्रता दिलाएको थियो । ३०औँ मिनेटमा जोसेलुले टोलीको अग्रता दोब्बर बनाएको थियो भने ३९औँ मिनेटमा सोरलोथले भिल्लेरियालका लागि एक गोल फर्काएको थियो । एक मिनेटपछि नै लुकास भाजक्वेजले टोलीका लागि तेस्रो गोल गरेपछि पहिलो हाफको इन्जुरी समयमा गुलेरले दोस्रो गोल गर्दै रियलको अग्रता फराकिलो बनाए । सहज जिततर्फ रियल अग्रसर बनिरहँदा दोस्रो हाफको सुरुवाती ११औं मिनेटमा सोरलोथले तीन गोल गरेपछि खेल ४-४ को बराबरीमा पुगेका थिए ।
रियल मड्रिडले जुन १ मा हुने च्याम्पियन्स लिगको फाइनलमा बोरुसिया डर्टमण्डको सामना गर्नेछ ।