share 239 काठमाडौं । काठमाडौंस्थित चन्द्रागिरिबाट ४ लाख घुस लिदै गर्दा अख्तियार दुरुपयोग अनुसन्धान आयोगले एक जनालाई पक्राउ गरेको छ । चन्द्रागिरि नगरपालिका-२ बस्ने ध्रुव बहादुर कडायतलाई पक्राउ गरेको हो । चन्द्रागिरि नगरपालिका वडा नम्बर-२ का अध्यक्ष भाइ कृष्ण तामाङको निर्देशनमा कडायतले घुस रकम लिएको अख्तियारले गरेको प्रारम्भिक अनुसन्धानबाट थाहा भएको छ । आरोपीले सेवाग्राहीबाट लिएको २ लाख नगद र २ लाख रुपैयाँ बराबरको चेक बरामद गरिएको अख्तियारका प्रवक्ता नरहरि घिमिरेले जानकारी दिए । व्यवसाय स्थानान्तरणको लागि सिफारिस र दर्ता गरिदिने प्रयोजनाका लागि वडा अध्यक्षको निर्देशनमा बिचौलिया बनेर कडायले घुस लिएको हो । चेक कडायतकै नाममा काटेको अवस्थामा भेटिएको छ । चन्द्रागिरि नगरपालिका वडा नम्बर-१२ स्थित नगरपालिका कार्यालयको गेटबाट अख्तियारको टोलीले पक्राउ गरेर उनीमाथि अनुसन्धान गरिरहेको छ । पोस्टको नेभिगेसन सिआईबीले सवारी लाइसेन्स घोटाला प्रकरणमा थप दुई जना कम्प्युटर अपरेटर पक्राउ राहदानी विभागको निष्कर्ष: जिबी राईको पासपोर्ट रद्द गर्न मिल्दैन