share 346 काठमाडौं । सवारी लाइसेन्स घोटाला प्रकरणमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरो (सीआइबी)ले थप २ जनालाई पक्राउ गरेका छन् । पक्राउ पर्नेमा यातायात व्यवस्था विभागमा कार्यरत कम्प्युटर अपरेटर दिपा न्यौपाने र इलाका प्रशासन कार्यालय सल्यानका कम्प्युटर अपरेटर गणेश भण्डारी छन् । लाइसेन्स घोटाला प्रकरणमा हालसम्म पक्राउ पर्नेका सङ्ख्या ११ पुगेको ब्युरोका सूचना अधिकारी एसपी होबिन्द्र बोगटीले बताए। यातायात व्यवस्था कार्यालय बुटवलमा कार्यरत नारायणप्रसाद पाण्डे सहित ९ जनालाई यशअघि नै पक्राउ गरिसकेका छन् । हालसम्म पक्राउ पर्नेमा अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा कार्यरत सूचना प्रविधि अधिकृत सुरज प्रकाश अर्याल र यातायात व्यवस्था विभागका पूर्व करार कर्मचारी हरिश भट्ट, लजारस दनुवार, अजित मिश्र, वसन्त पाण्डे, प्रदीप सुनार, बिर्जु कुमार चौधरी र मिलन बास्तोला छन् । पक्राउ परेका आरोपीहरू विरुद्ध प्रहरीले लिखत किर्ते सम्बन्धी कसुरमा म्याद लिएर अनुसन्धान गरिरहेको छ । पोस्टको नेभिगेसन विदेश पठाउने बहाना बनाई ठगी गरेको आरोपमा तीन जना पक्राउ चन्द्रागिरिबाट ४ लाख घुस सहित एकजना पक्राउ