Global Galaxy News
  • राष्ट्रिय
  • अन्तर्राष्ट्रिय
  • अपराध
  • कला-साहित्य
  • खेलकुद
  • फोटो-फिचर
  • मनोरञ्जन
  • राजनीति
  • सुचना-प्रविधि

राहदानी विभागको निष्कर्ष: जिबी राईको पासपोर्ट रद्द गर्न मिल्दैन

ग्लोबल ग्यालेक्सी न्युज ११ जेठ, २०८१

राहदानी विभागको निष्कर्ष:  जिबी राईको पासपोर्ट रद्द गर्न मिल्दैन
share 175

काठमाडौं । राहदानी विभागले विभिन्न सहकारीको अर्बौं रकम घोटाला गरेर फरार रहेका जिबी राईको राहदानी रोक्का/रद्द गर्न नमिल्ने निष्कर्ष निकालेको छ।

जिल्ला प्रहरी कार्यालय कास्कीले वैशाख ३० गते राईको राहदानी रोक्का वा रद्द गर्न भनेर राहदानी विभागमा पत्राचार गरेको थियो । तर राहदानी विभागले उनको राहदानी रद्द वा रोक्का गर्न नमिल्ने निष्कर्ष निकालेको सूचना अधिकारी रमेशकुमार चर्माकारले जानकारी दिए। राहदानी ऐन, २०७४ अनुसार सहकारी ठगी कसुरका लागि राहदनी रद्द गर्ने प्रावधान नभएको हुँदा निल्ने निष्कर्ष निकालेको उनले बताए।

 

जिल्ला प्रहरी कार्यालय कास्कीले उनको राहदानी रद्द गर्नका लागि जिल्ला अदालत कास्कीमा समेत निवेदन दिएका थिए। वैशाख ३० गते बसेको न्यायाधीश हरिप्रसाद कोइरालाको इजलासले पनि राईको राहदानी रद्द गर्न अस्वीकार गरेको थियो ।

‘राहदानी, अध्यागमन, भ्रष्टाचार, सम्पत्ति शुद्धीकरण, मानव बेचबिखन, अपहरण, लागुऔषध, अवैध हातहतियार कारोबार, संगठित अपराध वा आतंकवाद सम्बन्धी कसुरको अभियोगमा अदालतमा मुद्दा चलिरहेको अवस्थामा अदालतको आदेश बमोजिम त्यस्ता व्यक्तिको राहदानी जारी नगर्न वा रोक्का राख्न अदालतले लेखी पठाएको,’ राहदानी ऐन, २०७६को दफा १२ को १ (ख) मा भनिएको छ। यसरी सहकारी ठगी सम्बन्धी व्यवस्था उल्लेख नभएको हुँदा कानुन बमोजिम गर्नू भनेर आदेश भएको थियो।

राईविरूद्ध इन्टरपोलमार्फत् डिफ्युजन नोटिस जारी गरेको छ। यद्यपि उनी अझै पक्राउ पर्न सकेका छैनन्। उनलाई पक्राउ गर्न कूटनीतिक तवरबाट पनि प्रयास भइरहेको सरकारले दाबी गर्दै आएको छ।

प्रहरी प्रमुख आइजिपी बसन्त कुँवरले उनी मलेसियामा रहेको बताएको थियो। उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले मलेसियाका गृहमन्त्रीसँग फोनमा कुराकानी समेत गरेको थियो । अभियुक्तलाई पक्राउ गरी ल्याउन मलेसियासँग सुपुर्दगी सन्धी नभएकाले कठिन भएको प्रहरीको भनाइ थियो। उनलाई फिर्ता ल्याउन प्रहरीले उनको राहदानी नै रद्द वा रोक्का गर्ने तयारी गरेको हो।

राहदानी ऐन, २०७६ को दफा १२ र दफा १५ अनुसार राहदानी रोक्का वा रद्द गर्न प्रहरीले माग गरेको थियो। दफा १२ मा राहदानी जारी नगर्ने वा रोक्का राख्ने भन्ने शीर्षक उल्लेख छ

 

राई सूर्यदर्शन बचत तथा ऋण सहकारी संस्थाका अध्यक्ष र ग्यालेक्सी फोर-केका सञ्चालक समेत थिए।

सम्बन्धित खबर

अनैतिक क्रियाकलाप गर्ने १५ जना महिला ठमेलबाट पक्राउ

अनैतिक क्रियाकलाप गर्ने १५ जना महिला ठमेलबाट पक्राउ

श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवान पक्राउ

श्रीमतीको हत्या गरी फरार भएका नेपाली सेनाका जवान पक्राउ

भक्तपुरमा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु

भक्तपुरमा बाबुले चक्कु प्रहार गर्दा छोराको मृत्यु

इसेवाको अपिल : व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्नु

इसेवाको अपिल : व्यावसायिक कारोबारको रकम व्यक्तिगत खातामा जम्मा नगर्नु

ताजा समाचार

  • जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
    जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर
  • मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति
    मधेसवादी दलसँग सहकार्य गरेर चुनावी जाने प्रचण्डको रणनीति
  • टोमाहकको जवाफ तुरुन्तै दिने पुटिनको चेतावनी
    टोमाहकको जवाफ तुरुन्तै दिने पुटिनको चेतावनी
  • टिओबी हाम्रो नोटिसमा छ: नेपाली सेना
    टिओबी हाम्रो नोटिसमा छ: नेपाली सेना
  • जेनजीको नाममा धम्क्याउने शाहीसँग नेपाल प्रहरीको असई परिचयपत्र
    जेनजीको नाममा धम्क्याउने शाहीसँग नेपाल प्रहरीको असई परिचयपत्र
Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना

बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.

Global Galaxy News

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि. द्वारा सञ्चालित www.globalgalaxynews.com सत्यतथ्य, जनपक्षीय सूचना सम्प्रेषण गर्ने आधुनिक युगको संचार हो ।

ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
Global Galaxy Media Pvt. Ltd.

कम्पनी दर्ता नं : ३३७९८१/८०/०८१

ठेगाना
बुढानिलकण्ठ-१२, काठमाडौं ।
सम्पर्क : 9849119409/9851235977
इमेल : globalgalaxymedia24@gmail.com

संचालक : ग्लोबल ग्यालेक्सी मिडिया प्रा. लि.
अध्यक्ष : सुन्दर तामाङ
प्रबन्धक : राज शाही

विज्ञापनका लागि
9849119409/ 9851235977

  • Follow
  • Follow
  • Follow
  • Follow
  • Follow

© 2024 Global Galaxy Media Pvt. Ltd. All rights reserved.Hermes Engineering Solution Pvt. Ltd.