काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले कीर्तिपुर, बानेश्वर, कुलेश्वर र जोरपाटी वितरण केन्द्रका विद्युतीय वितरण लाइन भूमिगत गर्ने कार्यका भइरहेको छ । ती केन्द्रमार्फत वितरण हुने विद्युत आगामी आइतबारदेखि शुक्रबारसम्म बिहान ११ बजे देखि दिउँसो ३ः०० बजे सम्म आपूर्ति बन्द हुने विद्युत प्राधिकरणले जनाएको छ ।
पसका कारण साँखु बजार, छाउनी आर्मी अस्पताल क्षेत्र, सुविधा नगर सिनामंगल, भिमसेनगोला क्षेत्र, सोल्टी मोडदेखि कलङ्की क्षेत्र, मैत्रीनगर, टेगलाफाँट क्षेत्र, फिकल चोकदेखि बाबा चोकसम्म फरकफरक दिनमा विद्युत् आपूर्ति बन्द हुनेछ ।
त्यस्तै, साँखु फिडर, चौमती फिडर, केएमसी फिडर, कालीमाटी फिडर, रोपवे फिडर र मूलपानी पनि फिडर विद्युतीय तार भूमिगत हुने बताएको छ ।