share 261 काठमाडौं । चितवनस्थित मुग्लिन-नारायणगढ सडक खण्डमा पहिरो खसेको छ । पहिरोका कारण स्काभेटर चालक ३८ वर्षीय मंगल चौधरीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चितवनका सूचना अधिकारी डीएसपी भेषराज रिजालले बताए । बर्दिया घर भएका चौधरी निर्माणाधीन ३ नम्बर पुलको स्काभेटर चालक रहेको बताएको छ । इच्छाकामना गाउँपालिका वडा नम्बर-५ मा पर्ने उक्त स्थानमा पुल बनाउन पहाड काट्ने क्रममा ढुङ्गा सहितको पहिरो खस्दा स्काभेटर पुरिएको डीएसपी रिजालले बताए । चौधरीलाई प्रहरीले उद्धार गरेर चितवन मेडिकल कलेजमा लगेको थियो । चिकित्सकहरूले उनलाई मृत घोषणा गरेका हुन् । पोस्टको नेभिगेसन हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति रईसी र विदेशमन्त्रीको मृत्यु चितवनमा चार सवारी साधन एकापसमा ठोक्किँदा एकको मृत्यु, दर्जनौँ जना घाइते