तेहरान । तेहरान टाइम्सका अनुसार हेलिकप्टर दुर्घटनामा इरानी राष्ट्रपति इब्राहिम रईसी र विदेशमन्त्री हुसेन अमिर अब्दुल्लाहियानको मृत्यु भएका छन् । समाचारका अनुसार बाक्लो कुहिरोका कारण यो दुर्घटना भएका हुन् ।

दुर्घटनास्थल इरानको राजधानी तेहरानबाट ६०० किलोमिटर टाढा रहेको छ । पहाडी क्षेत्रमा खोजी अभियान सञ्चालन गर्न ४० विभिन्न टोली खटाइएका छन्।

इरानको एक टिभी च्यानलका अनुसार बाक्लो कुहिरो र वर्षाका कारण राहत तथा उद्धार कार्यमा कठिनाइ भइरहेका छन्। त्यस्तै, इरान इन्टरनेशनलका अनुसार हेलिकप्टर पूर्णरुपमा जलेको र कसैको बाँच्ने सम्भावना नरहेको जनाएको छ ।

इरानको प्रेस टिभीका अनुसार राहत तथा उद्धार कार्यमा संलग्न टोलीले सोमबार बिहान दुर्घटनास्थल पत्ता लगाएका थिए । दुर्घटनाअघि इरानी राष्ट्रपति राईसी र अजरबैजानका राष्ट्रपतिले दुई देशको सीमामा रहेको बाँधको उद्घाटन गरेका थिए ।

#बीबीसी