share 266 धनगढी । प्रतिपक्ष दलहरूले सुदूरपश्चिम प्रदेश सभाको आजको बैठक बहिष्कार गरेको छ । आइतबारदेखि सुरु भएको सुदूरपश्चिम प्रदेश सभाको बर्खे अधिवेशनको पहिलो बैठक प्रतिपक्ष दल नेपाली कांग्रेस, नागरिक उन्मुक्ति पार्टी (रेशम पक्ष) ले बहिष्कार गर्दै सभाबाट बाहिरिएको हो । बैठकमा सभामुख भीमबहादुर भण्डारीले प्रदेश प्रमुख नजिर मियाँबाट बर्खे अधिवेशन आह्वान सम्बन्धी आएको पत्र सुनाउन खोज्दा प्रतिपक्ष दलहरुले विरोध जनाउँदै बाहिरिएको हो । विपक्षको उपस्थिति विना नै मुख्यमन्त्री दीर्घ बहादुर सोडारीले प्रदेश सरकारको आगामी आर्थिक वर्षको विनियोजन विधेयकको सिद्धान्त र प्राथमिकता पेस गरिरहेको छ । पोस्टको नेभिगेसन यस्ता छन् बजेटमा कर्णाली प्रदेश सरकारको प्राथमिकता गण्डकीमा ४८ घण्टाभित्र पाण्डेलाई मुख्यमन्त्री नियुक्त गर्न सर्वोच्चको परमादेश