उनीहरुलाई मानव बेचबखिचन अनुसन्धान ब्यूरोको टोलीले मित्रपार्कबाट पक्राउ परेको हो । उनीहरुले काठमाडौंको मित्रपार्कमा ‘स्वागतम रेष्टुरेन्ट एण्ड बार’ सञ्चालन गरी नाबालिकालाई उनीहरुको इच्छा विपरीत यौन क्रियाकलापमा लगाउने गरको पाइएको ब्यूरोका एसपी तथा प्रवक्ता गौतम मिश्रले बताए । उनीहरुले आर्थिक अवस्था कमजोर भएका बालिकाहरुलाई वेटरको काम दिने भन्दै जबरजस्ती यौन क्रियाकलापमा लगाउने गरेको आरोप छ । दैनिक ५ देखि १५ जना ग्राहकसँग यौन सम्पर्क गर्न लगाई रेष्टुरेन्ट सञ्चालकले रकम उठाउने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ । ग्राहकले दिएकोमध्ये आधा रकम नाबालिकालाई दिने प्रलोभन देखाए पनि उक्त रकम समेत नदिने गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुविरुद्ध मानव बेचखिन तथा आसोरपसारको कसुरमा काठमाडौं जिल्ला अदालतबाट ३ दिनको म्याद लिएर अनुसन्धान अघि बढाइएको छ ।