गत वैशाख ३० गते विहान विद्यार्थी लिन जाँदै गर्दा भरतपुर महानगरपालिका-५ कल्याणपुरस्थित स्मल हेभन स्कुलको बागममती प्रदेश ०६-००१ क ००४५ नम्बरको बसलाई भरतपुर-२० दद्रहनी पुलमा रोकी थारुको समूहले पेट्रोल बम प्रहार गरेको प्रहरीको दाबी छ । पक्राउ परेका थारु भरतपुर-२५ स्थित राष्ट्रिय माध्यमिक विद्यालय शोसीका विद्यालय व्यवस्थापन समिति अध्यक्षसमेत रहेको प्रहरीले जनाएको छ । उनलाई प्रहरीले जेठ ११ गते विद्यालयबाट नै पक्राउ गरेको थियो ।
विद्यालय हाताभित्रबाट व्यवस्थापन समितिका अध्यक्ष पक्राउ गरेको भन्दैं विद्यालयले विज्ञप्ति नै निकालेर विरोध गरेको थियो । ३ वटा मोटरसाइकलमा आएका ६ जनाको समूहले विद्यालयको बसमा आगो लगाउँदा बस पूर्ण रुपमा जलेको थियो । पक्राउ परेका थारुलाई जिल्ला अदालत चितवनबाट ७ दिनको म्याद थप गरेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
थारुले विगतमा माओवादीको नेत्रविक्रम चन्द विप्लव समूहमा काम गरेका थिए । उनी त्यहाँबाट पनि विद्रोह गरेर जिल्लामा अलग्गै गतिविधि गर्दै आएका छन् । घटनामा संलग्न अन्य व्यक्तिहरुको खोजी भइरहेको प्रहरीले बताएको छ ।

