share 271 काठमाडौं । नेपाली बजारमा बुधबार सुनको मूल्य वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलामा ६०० रुपैयाँले बढेको हो । आज छापावाल सुन प्रतितोला १ लाख ३८ हजार २ सय रुपैयाँमा कारोबार भइरहेको छ भने तेजाबी सुन प्रतितोला १ लाख ३७ हजार ६ सय रुपैयाँमा कारोबार भइरहेको छ । यस्तै, आज चाँदीको मूल्य समेत बढेको छ । महासङ्घले चाँदीको मूल्य तोलामा १० रुपैयाँले बढेर प्रति तोला १९ सय ३० रुपैयाँ कायम गरिएको जनाएको हो । मंगलबार चाँदीको मूल्य तोलामा १९ सय २० रुपैयाँमा कारोबार भएको थियो । पोस्टको नेभिगेसन बढ्यो सुनको भाउ, आज कतिमा हुँदै छ कारोबार ? ह्वात्तै बढ्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?