facebook sharing button
काठमाडौं । मकवानपुरको भीमफेदीमा कार दुर्घटना भएको छ । काठमाडौंबाट हेटौंडातर्फ जादै गरेको बा ६ च ९३६९ नम्बरको कार अनियन्त्रित भई दुर्घटना भएको हो ।

भीमफेदी गाउँपालिका-६ स्थित जुरिखेतमा बुधबार दिउँसो कार अनियन्त्रित भई दुर्घटना हुँदा ५ जना घाइते भएकको थियो । घाइते मध्ये एक वर्षीया बालिका र ४० वर्षका युवकको अवस्था गम्भीर रहेको थियो । गम्भीर घाइते बालिका र युवकको हेटौंडा अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रवक्ता प्रहरी नायव उपरीक्षक लक्ष्मी भण्डारीले जानकारी दिए । कार सडकबाट करिब २५० मिटर तल खसेको थियो ।

घाइतेमध्ये २ जना महिलाको मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ भने अर्को एक जनालाई अस्पताल ल्याउँदै गरिएको उनले बताइएको छ । इलाका प्रहरी कार्यालय भीमफेदीबाट गएको प्रहरी टोलीले घाइतेहरूको उद्धार गरी उपचारको लागि हेटौंडा पठाएको थियो ।