पक्राउ पर्नेमा युगान्डा घर भई ठमेल बस्ने भिउला नकासङ्गो किसाम्बरा, रिचेल नामुद्ध्, सराह नमता किवानुका, रोबिन्या नाकाज्जे, ज्याकलाइन नकन्दह, भेनेस्सा नमुटेबी, शरीफा सेमिटेगो, नासिङगी रिचेल र केन्या घर भई ठमेल बस्ने हेलेन अधिम्बो रहेका छन् । नुवाकोट घर भई टोखा बस्ने रोशनी श्रेष्ठ, काठमाडौंको मनमैजु बस्ने कृष्टिना क्षेत्री, सिन्धुपाल्चोक घर भई बालाजु बस्ने सिर्जना तामाङ, रसुवा घर भई तारकेश्वर-९ बस्ने रुबी तामाङ, धनकुटा घर भई काठमाडौंको बालाजु बस्ने इन्दु राई र कैलाली घर भई माछापोखरी बस्ने निशा सुनारलाई पक्राउ गरिएको जिल्ला प्रहरी परिसर काठमाडौंले जानकारी दिएको छ ।
पक्राउ परेकाहरूमाथि जिल्ला प्रशासन कार्यालय काठमाडौंबाट अभद्र व्यवहार शीर्षकमा मुद्दा दर्ता गरी पाँच दिनको म्याद थप अनुमति लिई प्रहरी वृत्त लैनचौर राखेर अनुसन्धान गरिएको प्रहरीले जनाएको छ ।
