जुन 12, 2026
सुनचाँदी

सुनले तोड्यो अहिलेसम्मको सबै रेकर्ड, कतिमा हुँदै छ आज कारोबार ?

 

काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मूल्य तोलामा १ लाख ४२ हजार ७०० रुपैयाँ पुगेको छ । सोमबार तोलामा १ लाख ४१ हजार रुपैयाँमा कारोबार भएको छापावाल सुनको मूल्य मंगलबार १ हजार ७०० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार छापावाल सुन १० ग्रामको भने मंगलबार १ लाख २२ हजार ३४५ रुपैयाँ कायम भएको छ । चाँदीको मूल्य पनि सामान्य वृद्धि भएको छ ।

 

सोमबार १८५० रुपैयाँमा कारोबार भएको चाँदीको मूल्य मंगलबार रु १० बढेर तोलामा १८६० रुपैयाँ कायम भएको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

 

जवाफ लेख्नुहोस्