share 238 सङ्खुवासभा । सङ्खुवासभाको चैनपुर नगरपालिका-११ सभाखोलास्थित सडकबाट बारुद १ सय ग्राम, डेटोनेटर २ थान, निओजेल २ सय ग्राम र खुर्पासहित २ जनालाई सोमबार दिउँसो प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा खाँदबारी नगरपालिका-९ तुम्लिङटार बस्ने २७ वर्षीय वसन्त कुमाल र २७ वर्षीय विकास कुमाल रहेका छन् । अस्थायी प्रहरी पोस्ट सभा खोलाबाट खटिएको प्रहरीले को.१७ प ११८९ नम्बरको मोटरसाइकल जाँच गर्ने क्रममा मोटरसाइकलमा सवार उनीहरूलाई सो परिणाममा विस्फोटक पदार्थसहित पक्राउ गरेको हो । पक्राउ परेकाहरुको सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ । पोस्टको नेभिगेसन पूर्व डिआईजीको चरीत्रहत्या गरेको कसुरमा तारा बराल पक्राउ चाबहिलमा एक पुरुषले आफुसहित श्रीमती र तीन छोरीहरुलाई पेट्रोल छर्केर लगाए आगो