काठमाडौं। माओवादी केन्द्रका उपाध्यक्ष अग्नि सापकोटाविरुद्धको मुद्दामा सर्वोच्च अदालतले असार १२ गते फैसला सुनाउने भएको छ ।  काभ्रेका अर्जुन लामाको हत्या आरोपमा दायर मुद्दामा सर्वोच्चले बुधवार सुनुवाइ सकेर फैसला सुनाउने पेशी तोकेको हो ।

प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठ, प्रकाशमान सिंह राउत, सपना प्रधान मल्ल,  प्रकाश कुमार ढुंगाना र कुमार रेग्मीको पूर्ण इजलासमा सुनुवाइ सकिएसँगै फैसला सुनाउने मिति तोकिएको सर्वोच्चका सूचना अधिकारी गोविन्द घिमिरेले जानकारी दिए ।

१२ वर्षअघि २०६९ मंसिरमा अर्जुन लामाकी श्रीमती पूर्णिमाया लामाले आफ्नो पतिको हत्यामा अग्निप्रसाद सापकोटा, सूर्यमान दोङ, यादव पौडेल, भोला अर्याल, कर्णाखर गौतम र नोर्बु मोक्तानमाथि छानबिन गर्न आदेशको माग गर्दै रिट दायर गरेकी थिइन्।