नेकपाले केन्द्रीय उत्पादन विभाग गठन गरी पार्टीका विपिएम सन्देश पौडेललाई मुख्य जिम्मेवारी तोकेको छ । चितवनका स्थायी बासिन्दा समेत रहेका पौडेलको नेतृत्वमा २० बिघा क्षेत्रफलको जग्गामा ५ बिघामा माछा फर्म सञ्चालन गरिएको छ भने ४ विघामा चैते धान ,करिब ४ विघा क्षेत्रमा मकै, कृषि औजार र सिँचाइका लागि आधुनिक बोरिङ गाडिएको छ ।
सोही क्षेत्रमा रहेको विभागीय कम्युनमा विप्लवले शुक्रबार र शनिवार अवलोकन गर्नुका साथै यसलाई प्रभावकारी र व्यवस्थित बनाउने विषयमा स्थानीय पार्टी नेतृत्वसँग छलफल गरेका थिए । नेकपाले चितवन, पूर्वको सुनसरी, झापा, पश्चिम नेपालको बाँके, बर्दिया र पार्टी मुख्य कार्यालय रहेको कपिलवस्तुमा समेत ठुलो क्षेत्रमा पार्टी नेताहरूको सहभागितामा खेतीपाती गर्दै आएको छ ।