जुन 24, 2026
राजनीति

नेतृ उमा भुजेललाई विप्लवले गरे कारबाही

काठमाडौं । नेत्रविक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले केन्द्रीय सचिवालय सदस्य उमा भुजेल ‘शिलु’लाई पार्टीका सबै जिम्मेवारीबाट हटाएको छ।

सोमबार बसेको पार्टी सचिवालय बैठकले उनलाई केन्द्रीय समिति सहित सम्पूर्ण जिम्मेवारीबाट मुक्त गर्ने निर्णय गरेको हो। पार्टीले भुजेलमाथि नीति, विचार र निर्णयविपरीत गुटबन्दी गर्दै भड्काववादी गतिविधि गरेको आरोप लगाएको हो।

विप्लवद्वारा जारी विज्ञप्तिमा केन्द्रीय समिति बैठकपछि महासचिवसँग छलफल भए पनि निरन्तर पार्टीको कार्यदिशा, नेतृत्व र जनक्रान्तिविरुद्ध गतिविधि गरेको कारण कारबाही गरिएको उल्लेख गरेको छ। भुजेल सशस्त्र द्वन्द्वका बेला गोरखा जेल ब्रेक घटनामा संलग्न मध्येकी एक नेतृ हुन्।

विज्ञप्ति सहित…

जवाफ लेख्नुहोस्