जुन 13, 2026
राजनीति

विप्लवका नेता असललाई पार्टी जिम्मेवारीबाट मुक्त

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी) ले संगठन अधिवेशन आयोजक समितिका सदस्य ‘असल’ लाई पार्टीका सम्पूर्ण जिम्मेवारी र सदस्यताबाट मुक्त गरेको जनाएको छ। पार्टीका महासचिव विप्लव सी द्वारा जारी वक्तव्यअनुसार असलले “वाम–लोकतान्त्रिक युवा अभियान” निर्माण गरेको सूचना पार्टीलाई प्राप्त भएपछि यस्तो निर्णय गरिएको हो।

वक्तव्यमा पार्टीको केन्द्रीय समितिको बैठकदेखि नै असलसँग उक्त विषयमा छलफल भएको उल्लेख गर्दै पार्टीको जिम्मेवारीमा बसेर पार्टीभन्दा अलग राजनीतिक गतिविधि गर्न नमिल्ने स्पष्ट पारिएको छ। पार्टीले बाहिर गठन गरिएको मोर्चाका केही विषय आफूहरूको विचार, नीति र कार्यक्रमसँग मेल नखाने तथा यथास्थितिवादी भएको आरोपसमेत लगाएको छ।

त्यसैले संगठन अधिवेशन आयोजक समितिको सदस्यजस्तो जिम्मेवार तहमा बसेर पार्टीको नीति विपरीत गतिविधि गरेको निष्कर्षसहित असललाई सम्पूर्ण जिम्मेवारी र सदस्यताबाट मुक्त गरिएको वक्तव्यमा उल्लेख छ।

विज्ञप्ति सहित…

 

जवाफ लेख्नुहोस्