share 232 काठमाडौं । तनहुँबाट प्रहरीले स्रोत नखुलेको करिब १२ लाख नगदसहित दुई जनालाई पक्राउ गरेको छ । काठमाडौंको चन्द्रागिरी नगरपालिका-१० बस्ने रोल्पाका २० वर्षीय लक्ष्मण केसी र २५ वर्षीय सुसान केसीलाई पक्राउ परेको हो । काठमाडौंबाट पोखरातर्फ जाँदै गरेका उनीहरुलाई ब्यास नगरपालिका-३ स्थित दुर्गा मन्दिरबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय तनहुँले जनाएको छ । उनीहरु ११ लाख ६५ हजार नगद लिएर बा.५७ प ७५०६ नम्बरको मोटरसाइकलमा पोखरातर्फ जाँदै गर्दा पक्राउ परेका हुन् । पोस्टको नेभिगेसन सर्वोच्च अदालतमा महिला प्रहरीमाथि अभद्र व्यवहार गर्ने महिला पक्राउ जुवा खेलिरहेको अवस्थामा दश लाखसहित ९ जना पक्राउ