share 596 काठमाडौं । नेकपा एमालेले २०८१ को कार्ययोजना लागू गरेको छ । बिहीबार बसेको पार्टीको ३४ औं सचिवालय बैठकले नयाँ कार्यविभाजन गरेको हो । एमालेले सातैवटा प्रदेशमा इन्चार्ज हेरफेर गरेका छन् । विभाग र जिल्ला इन्चार्जको जिम्मेवारीमा पनि हेरफेर गरेका छन् । यसअघि फरक भूगोल कार्यक्षेत्र हुने गरी तय गरिएको कार्यविभाजन परिवर्तन गरी केन्द्रीय सदस्यहरूलाई आफ्नै भूगोलमा खटाएको छ । एमालेले परराष्ट्र मामिला विभागको प्रमुखको जिम्मेवारी सचिव रघुवीर महासेठलाई दिएको छ । यसअघि उक्त विभागको प्रमुख राजन भट्टराई थिए । भट्टराई बागमती प्रदेशको इन्चार्ज बनेका छन् । सचिव योगेश भट्टराईले संसदीय फाँटको विभागीय प्रमुखको जिम्मेवारी पाएको छ । यसअघि उक्त विभागमा पृथ्वी सुब्बा गुरूङ थिए । सञ्चार मन्त्रीको जिम्मेवारी पाएका गुरूङलाई पार्टीमा जिम्मेवारी दिएका छैनन् । मन्त्रीलाई पार्टीको जिम्मेवारी नदिने नीति एमालेले यसपटक लागू गरेको छ । त्यस्तै प्रचार विभाग प्रमुखमा राजेन्द्र गौतम यथावत छ भने संगठन विभाग प्रमुखमा काशीनाथ अधिकारी र स्कुल विभागमा प्रदीप ज्ञवाली पनि यथावत छन् । हेर्नुहोस् एमालेका कुन नेतालाई के जिम्मेवारी ? पोस्टको नेभिगेसन नेकपा (माओवादी केन्द्र)को स्थायी समिति बैठक साउन २५ गते बस्ने एमालेबाट पदमुक्त भएपछि माओवादीमा फर्किने संकेत गर्दै मणि थापाले भने, ‘आफ्नो लिगेसी र स्कुलिङतिरै फर्कन्छु’