share 645 काठमाडौं । देशमा हिंसात्मक प्रदर्शनले उग्ररूप लिएपछि बंगलादेशकी प्रधानमन्त्री शेख हसिनाले राजीनामा दिएकी छन् । उनले सोमबार राजीनामा दिएसँगै देश छाडेको बताइएको छ । बीबीसी बांग्ला सेवाका अनुसार बंगलादेशको प्रधानमन्त्री निवासमा प्रदर्शनकारी प्रवेश गरेका छन् । बंगलादेशमा गत महिनादेखि आरक्षणको विरोधमा आन्दोलन हुँदै आएको छ । तर शेख हसिनाले आन्दोलनमा उठेका माग सम्बोधन गर्न चसो देखाएकी थिइनन् । आइतबार विरोध प्रदर्शन उग्र भएको थियो भने सोमबार पनि प्रदर्शनकारी ठुलो संख्यामा सडकमा उत्रिएका थिए । पोस्टको नेभिगेसन बंगलादेशमा भड्किएको सरकारविरोधी प्रदर्शनमा ७० जनाभन्दा बढीको मृत्यु, देशभर कर्फ्यु, ईन्टरनेट सेवा बन्द बंगलादेशका सेना प्रमुख बनेको महिना दिनमै मुलुकको महत्वपूर्ण भुमिका पुगे जर्नेल जमान