share 433 साङ्केतिक तस्बिर बुटवल । बाँके प्रहरीले स्रोत नखुलेको २४ लाख नगद रकमसहित ५ जना भारतीय नागरिकलाई पक्राउ गरेको छ । नेपालगन्जबाट काठमाडौं उड्ने तयारीमा रहेका ५ जना भारतीय नागरिकलाई नेपालगन्ज विमानस्थलबाट पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ । पक्राउ पर्नेमा भारतको उत्तर प्रदेशका ४४ वर्षीय प्रकाश नारायण गुप्ता, ४३ वर्षीय अजय मिश्रा, ४५ वर्षीय आशिष गुप्ता, ३९ वर्षीय पङ्कज जयसवाल र ४६ वर्षीय विमल गुप्ता रहेका छन् । विमानस्थलमा चेकजाँच गर्ने क्रममा २४ लाख स्रोत नखुलेको रकम फेला परेपछि उनीहरूलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय बाँकेका प्रहरी नायव उपरीक्षक नारायण डाँगीले जानकारी दिए । बरामद रकम हुण्डी कारोबारको भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरूलाई हुन्डी कारोबारसम्बन्धी कसुरमा बाँके जिल्ला अदालतबाट ४ दिनको म्याद लिएर अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । पोस्टको नेभिगेसन रौतहटबाट पेस्तोलसहित एकजना पक्राउ क्यानडा पठाउँछु भन्दै ठगी गरेको आरोपमा एकजना पक्राउ