share 920 काठमाडौं । आइतबार नेपाली बजारमा सुनको मूल्य तोलामा प्रतितोला ७०० रुपैयाँले बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार छापावाल सुन प्रतितोला ७०० रुपैयाँले बढेर १ लाख ४८ हजार ८०० रुपैयाँ कायम भएको छ । यसअघि शुक्रबार छापावाल सुन १ लाख ४८ हजार १०० रुपैयाँ कायम रहेको थियो । त्यस्तै, आज चाँदीको मूल्य भने प्रतितोला १० रुपैयाँले घटेर १७ सय २० रुपैयाँ कायम भएको छ । शुक्रबार चाँदीको भाउ प्रतितोला १७ सय ३० रुपैयाँ कायम रहेको थियो । पोस्टको नेभिगेसन बढ्यो सुनको मूल्य, कतिमा हुँदै छ आज कारोबार ? घट्यो सुनचाँदीको मूल्य, कतिमा हुँदै छ आज कारोबार ?