काठमाडौं । मंगलबार नेपाली बजारमा सुनको मुल्यले नयाँ रेकर्ड कायम गरेको छ । आज सुनको प्रतितोलामा दुई हजार १०० रुपैयाँले बढेर नयाँ मूल्य कायम गरेको हो ।

मंगलबार सुनको प्रतितोला एक लाख ५० हजार आठ सय रूपैयाँ पुगेको छ । यसअघि गत साउन २१ गते हालसम्मकै सुन प्रतितोला एक लाख ५० हजार रूपैयाँमा कारोबार भएको थियो ।

सोमबार छापावाल सुन प्रतितोला एक लाख ४८ हजार सात सय रूपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, मंगलबार चाँदीको मूल्य पनि अघिल्लो दिनको तुलनामा २५ रुपैयाँले बढेको छ । यस दिन चाँदीको मूल्य प्रतितोला एक हजार सात सय ४० रूपैयाँ पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जानकारी दिएको छ । सोमबार चाँदी प्रतितोला एक हजार सात सय १५ रूपैयाँमा कारोबार भएको थियो ।