काठमाडौं । बुधबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ३०० रुपैयाले घटेको हो ।

बुधबार सुन प्रतितोलाको एक लाख ५० हजार ५ सयमा कारोबार भएको भइरहेको छ । यस अघि मंगलबार सुनको मुल्य तोलाको १ लाख ५० हजार ८ सय पुगेको थियो । यो हालसम्मको उच्च मूल्य हो ।

त्यस्तै आज चाँदीको मूल्य पनि घटेको छ । चाँदी आज प्रतितोला ५ रुपैयाँले घटेर १७३५ मा कारोबार भइरहेको महासंघले जनाएको छ ।