share 482 काठमाडौं । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट करिब ५० ग्रामको दुई वटा सुनको सिक्रीसहित दुई जना पक्राउ परेको छ । विमानस्थलको पार्किङ क्षेत्रबाट दुई जनालाई बिहीबार बिहान प्रहरीले पक्राउ गरेको हो । पक्राउ पर्नेहरूमा तारकेश्वर नगरपालिका-५ की ३१ वर्षीया जानुका न्यौपाने र स्याङ्जा वालिङ नगरपालिका-५ का २२ वर्षीय नारायण थापा रहेको छन् । एयर अरेबियाको उडानद्वारा बहराईनबाट दुबई हुँदै काठमाडौं आएकी जानुकाबाट नारायणले अवैध रूपमा सुन संकलन गरी लैजान लागेको अवस्थामा प्रहरीले दुबै जनालाई पक्राउ गरेको जनाएको छ । उनीहरूलाई आवश्यक अनुसन्धान एवम् कारबाहीको लागि त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालय सिनामंगलमा पठाइएको प्रहरीले जनाएको छ। पोस्टको नेभिगेसन सोमबारसम्म बंगलादेशबाट १३ सय नेपाली विद्यार्थी फर्किए स्वदेश रवि लामिछानेसँग सहकारी छानबिन समितिले आज बयान लिने