share 268 काठमाडौं । बंगलादेशबाट सोमबारसम्ममा १३ सय नेपाली विद्यार्थी स्वदेश फर्किएका छन् । परराष्ट्र मन्त्रालयका अनुसार सोमबार मात्र १२६ जना विद्यार्थी स्वदेश फर्किएका हुन् । त्यसमध्ये ११४ जना विद्यार्थीहरु बंगलादेश, भारत हुँदै काँकडभिट्टा नाकाबाट नेपाल फर्किएका छन् । बंगलादेशमा केही दिनयता आरक्षण कोटाविरुद्धको आन्दोलन चर्किएपछि नेपाली विद्यार्थीहरु स्वदेश फर्किने क्रम जारी छ । सोही आन्दोलनका क्रममा १ सय जनाभन्दा बढीको ज्यान गएको छ । पोस्टको नेभिगेसन जङ्गली च्याउ खाँदा बझाङमा एकै परिवारका तीन जना बिमारी परे, दुईको अवस्था गम्भीर त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट सुनसहित दुई जना पक्राउ