काठमाडौं । हेन्ली एण्ड पार्टनर्सले सार्वजनिक गरेको सन् २०२५ को हेनले पासपोर्ट इन्डेक्स अनुसार सिंगापुरले पुनः विश्वको सबैभन्दा शक्तिशाली पासपोर्टको उपाधि कायम गरेको छ ।
यो सूचकांकले विश्वका देशहरूलाई उनीहरूले कति देशमा भिसा-फ्री वा अन-अराइभल भिसा सुविधा पाउँछन् भन्ने आधारमा क्रमबद्ध गर्छ । यसपटक सिंगापुरका नागरिकहरू १९३ देशमा भिसा बिना यात्रा गर्न सक्षम भएका छन् ।
दक्षिण कोरिया दोस्रो स्थानमा रहँदा जापान तेस्रो स्थानमा पुगेको छ । दक्षिण कोरियाली नागरिकहरूलाई १९० देशमा र जापानी नागरिकहरूलाई १८९ देशमा भिसा-फ्री प्रवेश सुविधा छ ।
अमेरिकी पासपोर्ट भने दुई दशकमा पहिलो पटक शीर्ष १० सूचीबाट बाहिरिएको छ र अहिले १२औँ स्थानमा पुगेको छ, जुन मलेसियासँग बराबरीमा रहेको छ । अमेरिकी नागरिकहरू २२७ मध्ये १८० देशमा मात्र भिसा-फ्री यात्रा गर्न सक्छन् ।
नेपालको पासपोर्ट भने अघिल्लै वर्षजस्तै १०१औँ स्थानमै यथावत् छ । नेपाली नागरिकहरूले ३६ देशमा अन-अराइभल वा भिसा-फ्री प्रवेश सुविधा पाउँछन् ।
त्यस्तै, भारतले आफ्नो स्थिति सुधार्दै ७७औँ स्थानमा उक्लिएको छ, जुन अघिल्लो त्रैमासिकभन्दा ८ स्थानले माथि हो । पाकिस्तान भने १०३औँ स्थानमा रहेको छ ।

