share 229 चितवन । नेपाल सरकारले कतार सरकारलाई उपहारस्वरूप पठाउन लागेको दुईवटा हात्ती भैरहवा पुगेका छन्। बुधबार गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट ती हात्ती कतार पठाइनेछ। चितवन राष्ट्रिय निकुञ्जको हात्ती प्रजनन केन्द्र खोरसोरमा जन्मिएका सात वर्षे रुद्रकली र छ वर्षे खगेन्द्रप्रसाद आज बिहान भैरहवा आइपुगेका हुन्। हाल ती हात्तीलाई विमानस्थल नजिकै सुरक्षित रूपमा राखिएको छ। बुधबार सम्बन्धित अधिकारीहरूले कतारी दूतावासलाई हात्ती हस्तान्तरण गरेपछि कार्गो विमानमार्फत कतार पठाइनेछ। नेपालले पहिलोपटक हात्ती उपहारस्वरूप विदेश पठाउन लागेको हो। पोस्टको नेभिगेसन जेनजी आन्दोलन क्रान्ति होइन, अराजकता र भाडभैलो मात्रै हो : गायिका ज्योति मगर