share 708 काठमाडौं । तनहुँमा भएको बस दुर्घटनामा परी १४ जनाको मृत्यु भएको छ । सशस्त्र प्रहरीका सहायक प्रवक्ता शैलेन्द्र थापाले घटनास्थलबाट १४ जनाको शव बाहिर निकालिएको जानकारी दिए । उनले १६ जना घाइतेलाई उद्धार गरी उपचारका लागि स्थानीय अस्पतालमा पठाएको जानकारी समेत दिए । शुक्रबार तनहुँस्थित मर्स्याङ्दी नदीमा भारतीय नम्बर प्लेटको बस खसेको थियो । घटनास्थलमा सशस्त्र प्रहरी बल नेपाल विपद् व्यवस्थापन तालिम शिक्षालयबाट एसएसपी माधव पौडेलको कमान्डमा १० जना गोताखोरसहित ४५ जना र नम्बर २३ मनकामना गण भानु तनहुँबाट ३५ जनाको फौज उद्धारमा खटिएको प्रवक्ता थापाले जानकारी दिए । उद्धार कार्य जारी रहेको थापाले बताए । पोस्टको नेभिगेसन ट्रकको ठक्करबाट स्कुटर चालकको मृत्यु, गठ्ठाघर बन्यो रणमैदान तनहुँमा भएको बस दुर्घटनामा २१ जनाको मृत्यु