share 557 काठमाडौं । तनहुँस्थित आँबुखैरेनीमा शुक्रवार विहान भारतीय बस दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ महिला, आठ पुरुष र बालबालिका रहेका छन् । सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार १९ जनाको मृत्यु भएको र २ जनाको शव गाडीले च्यापेको अवस्थामा रहेको छ । उद्धार जारी रहेको उनले जानकारी दिएको छ । बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु रहेका बताइएको छ । दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ । शुक्रबार बिहान ११ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो । पोस्टको नेभिगेसन तनहुँमा बस दुर्घटना हुँदा १४ जनाको मृत्यु, उद्धार कार्य जारी आज साढे ३ घण्टा पृथ्वीराजमार्ग बन्द गरेर मर्स्याङ्दीमा खसेको बस निकाल्दै