काठमाडौं । तनहुँस्थित आँबुखैरेनीमा शुक्रवार विहान भारतीय बस दुर्घटनामा परी २१ जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ११ महिला, आठ पुरुष र बालबालिका रहेका छन् ।

 

सशस्त्र प्रहरी बल नेपालका प्रहरी नायब उपरीक्षक शैलेन्द्र थापाका अनुसार १९ जनाको मृत्यु भएको र २ जनाको शव गाडीले च्यापेको अवस्थामा रहेको छ । उद्धार जारी रहेको उनले जानकारी दिएको छ । बसमा चालक र सहचालकसहित ४३ जना भारतीय यात्रु रहेका बताइएको छ ।  दुर्घटना हुँदा घाइते भएकामध्ये १२ जनालाई थप उपचारका लागि काठमाडौं ल्याइएको छ ।

शुक्रबार बिहान ११ बजेर ४० मिनेटमा पोखराबाट काठमाडौं आउँदै गरेको भारतीय नम्बरको बस तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा खसेर दुर्घटना भएको थियो ।