share 364 दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नका लागि आज पृथ्वीराजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै राजमार्ग अवरुद्ध हुनेबारे जानकारी दिएको हो । जिल्ला प्रशासन कार्यालय तनहुँले दुर्घटनापछि मर्स्याङ्दी नदीमा खसेको बस निकाल्न ठूला मेसिनरी उपकरणहरूको आवश्यक पर्ने हुँदा सो समय राजमार्ग बन्द गरी बस निकाल्न लागिएको हो । आज बिहान ६:३० देखि १०:०० बजेसम्म पृथ्वीराजमार्गको सो खण्डमा यातायात पूर्ण रूपमा बन्द गरिने छ । दुर्घटनाग्रस्त बसलाई सुरक्षित रूपमा नदीबाट निकालेर मात्र यातायात पुनः सुचारु गरिने प्रशासनले जनाएको छ । यस समयमा यात्रुलाई वैकल्पिक मार्गको प्रयोग गर्न भनिएको छ । पोखराबाट काठमाडौँतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेट युपी ५३ एफटी ७६२३ नम्बरको बस शक्रबार मर्स्याङ्दी नदीमा खसको थियाे। जसमा २७ जना भारतीय नागरिकले ज्यान गुमाएका थिए। त्यसमध्ये २६ जनाको आँबुखैरेनी र एक जनाको चितवनमा मृत्यु भएको थियो। आँबुखैरेनी अस्पतालमा मृत्यु भएका २६ जनाको शव शुक्रबार राति नै चितवन पठाइएको छ। दुर्घटनामा घाइते भएका १६ जनालाई शुक्रबार नै हेलिकप्टरमार्फत काठमाडौँ पठाइएको थियो। उनीहरूको त्रिभुवन शिक्षण अस्पतालमा उपचार जारी छ। मृतक र घाइते सबै भारतको महाराष्ट्र प्रदेश जलगाउँ जिल्लाका रहेको प्रहरीले जनाएको छ । पोस्टको नेभिगेसन तनहुँमा भएको बस दुर्घटनामा २१ जनाको मृत्यु धादिङको ससाहमा बस र माइक्रो ठोक्किँदा ८ जना घाइते
दमौली । तनहुँको आँबुखैरेनी गाउँपालिका-२ ऐनापहरास्थित मर्स्याङ्दी नदीमा शुक्रबार खसेको भारतीय नम्बर प्लेटको बस निकाल्नका लागि आज पृथ्वीराजमार्ग साढे तीन घण्टाका बन्द हुने भएको छ । आइतबार जिल्ला प्रशासन कार्यालय तनहुँले एक सूचना जारी गर्दै राजमार्ग अवरुद्ध हुनेबारे जानकारी दिएको हो ।